दफा ८
शाखा कार्यालय खोल्ने
(१) ऐनको दफा ३२ बमोजिम बीमकले शाखा कार्यालय खोल्नको लागि देहायका विवरण तथा कागजात सहित प्राधिकरणमा निवेदन दिनु पर्नेछ:-
(क) सञ्चालक समितिको निर्णय,
(ख) कार्यालय स्थापना गर्ने प्रस्तावित स्थान,
(ग) वित्तीय रूपले सम्भाव्य रहेको स्थलगत अध्ययन प्रतिवेदन,
(घ) जनशक्ति र पूर्वाधारको व्यवस्थापन ।
(२) बीमकले विदेशमा शाखा वा सम्पर्क कार्यालय खोल्नको लागि उपनियम (१) मा उल्लिखित विवरण तथा कागजातका अतिरिक्त देहायका विवरण तथा कागजात समेत पेस गर्नु पर्नेछ:-
(क) व्यावसायिक योजना, लाभ-लागत तथा जोखिम विश्लेषण सहितको सम्भाव्यता अध्ययन प्रतिवेदन,
(ख) कार्यालय स्थापनाको लागि आवश्यक अनुमानित लागत,
(ग) प्राधिकरणले ८ तोकेको न्यूनतम सोल्भेन्सी _ मार्जिन. कायम गरेको प्रमाण,
(घ) कार्यालय स्थापना गर्न प्रस्ताव गरिएको देशबाट लाभांश, मुनाफा, पुँजी नेपालमा भित्र्याउन वा फिर्ता गर्न सकिने नीतिगत व्यवस्था उक्त देशमा रहेको सुनिश्चितता गर्ने विवरण,
(ङ) कार्यालय खोल्न प्रस्ताव गरिएको देशसँग नेपालको दौत्य सम्बन्ध रहेको देखिने कागजात ।
(३) उपनियम (१) र (२) बमोजिमको निवेदन उपर जाँचबुझ गरी कार्यालय खोल्न दिने वा नदिने सम्बन्धमा प्राधिकरणले निवेदन प्राप्त भएको मितिले साठी दिनभित्र निर्णय गर्नु पर्नेछ।
(४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्राधिकरणले बीमाको पहुँच विस्तार गर्न आवश्यकता अनुसार बीमकलाई शाखा कार्यालय खोल्न निर्देशन दिन सक्नेछ।